२०८३ जेष्ठ १० गते , आईतबार

अभिनेत्री निरुता सिंहले गरिन बिहे

sajilo news
झापा
२०८० भाद्र १६ गते , शनिबार
अभिनेत्री निरुता सिंहले गरिन बिहे

अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् । हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेका हुन् ।  उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिइन् । दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी छिन् । 

उनले सामाजिक सञ्जालमा लेखिकी छिन् –

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण  घर परिवार, आफन्त तथा छर छिमेकहरू, मेरा चलचित्रकर्मी साथीभाइ अनि अग्रज व्यक्तित्वहरू, विभिन्न माध्यमका सञ्चारकर्मीहरूलगायत मलाई माया गरेर मेरो चलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाइदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरूको यतीका वर्ष देखीको  एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने रु’ भन्ने प्रश्न  ‘आज तेसै प्रश्नको जवाब दिन गई रहेको छु ‘। तपाईँहरूको निरुता सिंहले गत बिहीबारका दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु  । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै  माया ।

सम्बन्धित समाचार