२०८३ असार ७ गते , आईतबार
प्रदेश १ का ऊर्जामन्त्री रामकुमार राईले दिए राजीनामा
प्रदेश १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन्। मन्त्री राईले बुधबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा पत्र बुझाएका हुन्।
२०७९ माघ २३ गते दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दा उनी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त भएका थिए। मन्त्री राई गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।