कोरोनाबाट झापाको कनकाईमा एकैदिन तीन जनाको मृत्यु
झापा । लकडाउन खुकुलो भएसँगै झापाको कनकाईमा एकैदिन तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सङ्क्रमणबाट मृत्यु हुनेमा कनकाई नगरपालिका ४ निवासी २९ वर्षीय पुरुष, सोही स्थानका ३३ वर्षीय महिला र कनकाई नगरपालिका ५ की ३७ वर्षीय महिला रहेका छन् । तीनै जनाको एकैदिन मृत्यु भएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए । उनका अनुसार २९ वर्षीय पुरुषको शनिवार राती ८ बजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा, ३३ वर्षीया महिलाको शनिवार राती ८ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३७ वर्षीया महिलाको शनिवार राती ११ बजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू ती अस्पतालहरूमा उपचाररत थिए । हालसम्म कनकाई नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । यता कनकाई नगरपालिकाले कोरोनाबाट मृत्यु हुने परिवारलाई जनही २० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा