२०८३ श्रावण ३० गते , शनिबार
१८३१ जना नयाँ संक्रमित थपिए, २० जनाको मृत्यु
झापा । देशभर १८३१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२३७ जना र एन्टिजन परिक्षण गर्दा ५९४ जना गरि जम्मा १८३१ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १५३३ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २० रहेको छ । त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पत्ता लाग्नेदर २२।३ रहेको छ ।
यसले गर्दा संक्रमणको जोखिम घटेको छैन । गाउँगाउँमा कोरोना संक्रमण फैलिरहेको छ । काठमाडौं उपतयकाका तीनै जिल्लाका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयका अनुसार निषेधाज्ञा बढेसंगै कोरोना संक्रमण पनि बढ्दै गएको छ ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा