२०८३ श्रावण ३० गते , शनिबार
२६३४ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार जम्मा १२ हजार ५ सय ८५ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको छ हो। २४ घण्टामा १ हजार ५ सय ६५ जना कोरोनामुक्त भएका छन्।
नेपालमा हालसम्म निको हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ। यस्तै, पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा