२०८३ श्रावण ३० गते , शनिबार
थप १६०३ मा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो समय थप एक हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले २४ घण्टामा ८ हजार एक सय ३२ जनामा कोरोना परीक्षण गरेको जानकारी दिए।
कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ भने दुई हजार पाँच सय ५२ जना कोरोनामुक्त भएको उनले बताए। काठमाडौं उपत्यकामा तीन सय ४२ ललितपुरमा ८८ र भक्तपुरमा ३१ गरी कुल काठमाडौं उपत्यकाभित्र चार सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा