२०८३ श्रावण ३० गते , शनिबार
देशभर ३० जनाको मृत्यु, २०१६ मा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१६ जनामा संक्रमित पुष्टि भएको छ। मन्त्रालयका अनुसार ९ हजार ८१० जनाको स्वाब परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घण्टामा चार हजार ९१४ जना संक्रमण मुक्त भएका छन्।
यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ ९पीसीआर० र ३१ हजार ५३१ ९एन्टिजेन० जना पुगेको छ। यस्तै निको हुनेको संख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ९७५ पुगेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा