इलाम अस्पतालमा डायलासिस सेवा ठप्प, मिर्गौला पीडित झापा धाउन बाध्य
इलाम । इलाम अस्पतालमा डायलासिस मेसिन सञ्चालन हुन नसक्दा मिर्गौला रोगीहरु पीडित भएका छन् । इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला पीडितहरु सेवाबाट वञ्चित हुनु पर्दा झापा जानु पर्ने बाध्यतामा छन् । इलाम नगरपालिका र रोटरी क्लब धरानले छ महिनाअघि इलाम अस्पताललाई मेसिन हस्तान्तरण गरेको थियो । ती मेसिन अस्पतालमा जडान गरिएको भएपनि जनशतिm अभावमा सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
करुणा फाउण्डेशनले अस्पताललाई दिएको झण्डै सात लाख रुपैयाँ बराबरको क्रायो थेरापी मेसिन पनि प्रयोगमा आउन सकेको छैन । महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक उपचारका लागि प्रयोग हुने क्रायो थेरापी मेशिन फाउण्डेशनले दुई वर्षअघि नै अस्पताललाई हस्तान्तरण गरेको थियो । इलाम अस्पताललाई १५ शैयाबाट स्तरवृद्धि गरेर ५० शैयाको बनाइएको वर्षौं बितिस्कदा पनि अस्पतालको स्तरोन्नती हुन सकेको छैन । इमेजखबरबाट
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा