२०८३ श्रावण ३० गते , शनिबार
नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु
झापा । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार चार सय २१ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलका अनुसार बुधबार १२ हजार चार सय १४ जनामा कोरोना परीक्षण भएको छ।
उनले २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल ८१ जनाको मृत्यु भएको बताए। त्यस्तै तीन हजार पाँच सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। काठमाडौं उपत्यकाका भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा तीन सय ४६ गरी कूल चार सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता पौडेलले जानकारी दिए।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा