२०८२ चैत्र १६ गते , सोमबार
भारतमा एकै दिन कोरोनाबाट ४ सय बढीको मृत्यु
झापा । भारतमा ५ महिनायताकै उच्च कोरोना संक्रमित थपिएका छन् । आज संक्रमण पुष्टि भएको संक्रमितको संख्या अक्टुबर ११ यताकै उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा ४५ वर्षभन्दा माथिका व्यक्तिलाई सुरू भइरहेको छ ।
कोरोनाबाट अत्याधिक प्रभावित हुने तेस्रो मुलुकमा पर्ने भारतमा बिहीबार मात्रै ७२ हजार ३ सय ३० जनालाई संक्रमण पुष्टि भयो । साथै बिहीबार नै ४ सय ५९ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा संक्रमित मृतकको संख्या १ लाख ६२ हजार ९ सय २७ पुगेको छ । संक्रमितको संख्या भने १ करोड २२ लाख २० हजार पुगेको छ ।