२०८२ चैत्र १६ गते , सोमबार

वाल्मीकि लिङ्कन कलेजमा नयाँ विषय थप

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ४ गते , बुधबार
वाल्मीकि लिङ्कन कलेजमा नयाँ विषय थप

झापा । झापाको बिर्तामोडमा सञ्चालित वाल्मीकि लिङ्कन कलेजले यस शैक्षिक सत्रदेखि वीएचम र वीआईटी विषय थप गर्ने भएको छ । विगत पाँच वर्षदेखि बिर्तामोडमा सञ्चालित उक्त कलेजले विद्यार्थीको रुचिलाई मध्यनजर गर्दै नयाँ विषय थप गर्ने निर्णय गरेको हो । यस अघि उक्त विषय अध्ययन गर्न विद्यार्थी राजधानी केन्द्रित हुँदै आएका थिए । तर, प्रदेश नम्बर १ मा नै पहिलो पटक लिङ्कन कलेजले वीएचएम र वीआईटी विषय थप गरेसँगै अब विद्यार्थीले सीपमूलक विषय अध्ययनका लागि अन्यत्र जानु नपर्ने भएको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त र त्रिभुवन विश्व विद्यालयको समकक्षता प्राप्त यी विषय अध्ययन पश्चात् विद्यार्थीमा सीप विकास भएर रोजगारीमा टेवा पुग्ने कलेजले विश्वास लिएको छ । लिङ्कन कलेजका प्रिन्सिपल किशोर बस्नेतका अनुसार वीएचएम र वीआईटी विषय अध्ययनपछि विद्यार्थीहरू बेरोजगार बस्नु नपर्ने र विदेशमा सहज रुपमा काम गर्न सक्ने छन् ।

विद्यार्थीले कक्षा ११ र १२ मा कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्ट विषय अध्ययन गरेपछि काठमाडौँ, विराटनगर, इटहरी, धरान,जानु पर्ने बाध्यता समेत हटेको बताउँदै प्रिन्सिपल बस्नेतले भने – ‘विद्यार्थीको रोजाइमा बिर्तामोडमा नै प्राविधिक विषय अध्ययन– अध्यापन हुने वातावरण सृजना हुनु विद्यार्थीका लागि मात्र नभई अभिभावका लागि पनि गौरवको विषय हो ।’

विएचएम् र वीआईटी विषय अध्ययन गर्नका लागि विद्यार्थीले जुनसुकै सङ्कायबाट पनि प्लस टु गरेको हुनुपर्छ प्रिन्सिपल बस्नेतले भने – वीएचएम् कोर्स चार वर्षे र विआईटी कोर्स  तीन वर्षे रहेको छ ।

लिङ्कन युनिभर्सिटी मलेसियाको हायर एजुकेसन एन्ड मलेसियन क्वालिफइन एजेन्सीबाट मान्यता प्राप्त एउटा प्राइभेट विश्व विद्यालय हो । यो विश्व विद्यालयबाट मान्यता प्राप्त वाल्मीकि लिङ्कन कलेजमा  विद्यार्थीले अध्ययन गरेपश्चात्  अन्तर्राष्ट्रिय डिभी आउन र त्रिभुवन विश्व विद्यालयबाट पनि प्रमाणपत्र पाउन सहज हुने प्रिन्सिपल बस्नेतको भनाई छ । 

सम्बन्धित समाचार