२०८२ चैत्र १६ गते , सोमबार

भारतको दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ४ गते , बुधबार
भारतको दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

एजेन्सी । भारतको नयाँदिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या गरिएको छ। भारतको उत्तरी दिल्लीको तिमारपुरमा बस्दै आएकी ४५ वर्षीया मीना तामाङको बुधबार विहान ७ बजे गोली हानी हत्या गरिएको भारतीय प्रहरीले जनाएको छ। 
मीना नयाँदिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन्। तिमारपुरका मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी मीनाको हत्या गरेका हुन् । दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको जानकारी दिए। मिनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकहरुले मृत घोषित गरेको प्रहरीले बताएको छ। प्रहरीले विभिन्न टोली बनाएर आक्रमणकारीको खोजी गरिरहेको बताएको छ। र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। 

सम्बन्धित समाचार