२०८२ चैत्र १६ गते , सोमबार

बलिउड अभिनेता मिथुन भाजपामा प्रवेश 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २५ गते , मंगलबार
बलिउड अभिनेता मिथुन भाजपामा प्रवेश 

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्ती आधिकारिक रूपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। बलिउड हंगामाका अनुसार आइतबार कोलकातामा आयोजित एक र्‍यालीमा उनले भाजपा प्रवेश गर्ने घोषणा गरेका हुन्। पूर्वनिर्वाचित राज्यसभाका सदस्य समेत रहेका मिथुनलाई राष्ट्रिय पार्टीमा भाजपाका महासचिव कैलाश विजयवर्गीय र प्रदेश अध्यक्ष दिलीप घोषले स्वागत गरेका छन्। 

पार्टीमा आबद्ध भएपछि मिथुनले र्‍यालीमा भेला भएका मानिसहरूलाई सम्बोधन गरे। सम्बोधनक्रममा उनले भाजपाले आफ्नो इच्छा पूरा गर्न प्लेटफर्म दिएको बताए।  त्यस्तै, आफ्नो एक फिल्मको सम्वाद पनि भने, ‘मलाई विष बीनाको सर्प नसोच्नु। म एक कोब्रा हुँ। मान्छेलाई एकै गाँसमा निल्न सक्छु।’ मिथुनले आफू बंगाली भएकोमा गर्व गर्दै अबका दिन समाजको गरिब वर्गका मानिसका लागि काम गर्ने चाहना पनि व्यक्त गरे। सेतोपाटीबाट

सम्बन्धित समाचार