एकता कृषि सहकारीद्वारा हाजिरी जवाफ प्रतियोगिता
(वीरेन्द्र न्यौपाने) भद्रपुर । भद्रपुर-९ स्थित प्रकाश एकता कृषि सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम अन्तर्गत विविध बाल कार्यक्रम सम्पन्न भएको छ।
जीवन ज्योति आधारभूत माध्यमिक विद्यालयको सभा हलमा संस्थाका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त बाल कार्यक्रममा सहकारीका बाल बचत सदस्यहरू बिच हाजिरी जवाफ , कविता वाचन र तातो आलु प्रतियोगिता सम्पन्न भएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा प्रथम आयुस मल्ल ,दोस्रो स्वस्तिका पौडेल, तेस्रो प्रेसा तामाङ र सान्त्वनामा सजीव ढकाल र कृतिज्ञ न्यौपानेको टिम विजयी भएका उनीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा बुधराज राजवंशी ,रजनी सापकोटा ,गरिमा दाहाल र नम्रता कोइराला लाई उत्कृष्ट बाल बचतकर्ता घोषित गरिएको थियो ।संस्थाका सचिव राजु खड्काले सञ्चालन गरेको कार्यक्रममा एकता मूल कृषि सहकारीका पूर्व अध्यक्ष भगीरथ नेपाल र प्रकाश सहकारीका पूर्व कोषाध्यक्ष गोपी कृष्ण न्यौपानेले मन्तव्य राखेका थिए ।