२०८३ श्रावण २७ गते , बुधबार

झापामा अनलाइन सट्टाबाजीका आरोपी मेचे जेल चलान, गिरी २० लाख धरौटीमा रिहा

sajilo news
झापा
२०८३ श्रावण २७ गते , बुधबार
झापामा अनलाइन सट्टाबाजीका आरोपी मेचे जेल चलान, गिरी २० लाख धरौटीमा रिहा

तीन महिनाअघि अनलाइन सट्टाबाजीको आरोपमा बिर्तामोडबाट पक्राउ परेका एक जना जेल चलान भएका छन् भने अर्का धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेका मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी २० लाख धरौटीमा रिहा भएका हुन् । बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।

ती दुई जनामाथि सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दर्ता भएको थियो । गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफे र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट नियन्त्रणमा लिइएको थियो ।

 

सम्बन्धित समाचार