२०८३ श्रावण २२ गते , शुक्रबार

८ लाख बढीका ८० खसीबोका सशस्त्रको नियन्त्रणमा

sajilo news
झापा
२०८३ श्रावण २२ गते , शुक्रबार
८ लाख बढीका ८० खसीबोका सशस्त्रको नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल बिओपी जवा भारी कपिलवस्तुले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका ८० वटा खसीबोका बरामद गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराको कमाण्डमा खटिएको टोलीले शुक्रबार विजयनगर गाउँपालिका–१ नयाँ गाउँस्थित दशगजा क्षेत्रबाट उक्त खसीबोका बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका ८० वटा खसीको अनुमानित मूल्य रु. ८ लाख ३२ हजार ५०० रहेको छ। प्रहरी टोली पुग्नासाथ खसी ल्याउने व्यक्तिहरू खसी छाडेर भारततर्फ फरार भएका थिए।

बरामद खसी आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने चोरी-पैठारी तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाएको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए।

सम्बन्धित समाचार