२०८३ श्रावण २१ गते , विहीबार
भान्सामा काम गरिरहेकी महिलालाई सर्पले डस्दा मृत्यु
मोरङको बेलबारीमा बिषालु सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गकी ३० वर्षीया रमा घिमिरे देवकोटाको सर्प दंशबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १२ः३० बजे आफ्नै घरको भान्सामा काम गरिरहेका बेला सर्पले उनको बायाँ खुट्टामा टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि तत्काल कोशी अस्पताल विराटनगर पुर्याइयो ।
उपचारकै क्रममा दिउँसो ३ः०५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका हुन् । रमालाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन हुन सकेको छैन ।