२०८३ श्रावण २१ गते , विहीबार

मोरङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

sajilo news
मोरङ
२०८३ श्रावण २१ गते , विहीबार
मोरङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

मोरङमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । धनपालथान गाउँपालिका–७ कदमाहास्थित भित्री सडक खण्डमा कदमाहाबाट नोचातर्फ जाँदै गरेको को ३३ प ८९५३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी ७० वर्षीया चुम्नीदेवी मण्डललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार राति मोटरसाइकलको ठक्करबाट मण्डलको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।

गम्भीर घाइते भएकी मण्डललाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बिहान ४ः०५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव अहिले अस्पतालमै राखिएको छ ।दुर्घटनामा संलग्न मोटरसाइकल चालक धनपालथान–१ नोचाका १७ वर्षीय धिरज मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार