२०८३ श्रावण २० गते , बुधबार

इँटाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

sajilo news
झापा
२०८३ श्रावण २० गते , बुधबार
इँटाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ । साउन १८ गते बिहान करिब ११ः२० बजे इँटाभट्टाको पर्खाल भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै र ४५ वर्षीय राम फेरन कोरीको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते भएका कोरीको आज बिहान करिब ३ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार