२०८३ श्रावण १७ गते , आईतबार

श्रीकृष्ण रथयात्रा समारोह समिति भद्रपुरले सार्वजनिक गर्‍यो आय–व्यय विवरण, २७ हजार ९१० रुपैयाँ बचत

sajilo news
झापा
२०८३ श्रावण १६ गते , शनिबार
श्रीकृष्ण रथयात्रा समारोह समिति भद्रपुरले सार्वजनिक गर्‍यो आय–व्यय विवरण, २७ हजार ९१० रुपैयाँ बचत

भद्रपुर । भगवान् श्रीकृष्ण रथयात्रा उत्सव समारोह समिति भद्रपुरले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको विवरणअनुसार २०८२ साल साउन ३१ र भदौ १ गते आयोजना गरिएको धार्मिक कार्यक्रममा कुल रु. ५ लाख ७४ हजार ८९० आम्दानी भएको छ भने रु. ५ लाख ४६ हजार ९८० खर्च भएको छ। खर्च कटाएर रु. २७ हजार ९१० नेपाल बैंकमा बचत रहेको समितिका अध्यक्ष मुकेश मित्रुकाले जानकारी दिए ।

उनका अनुसार गत वर्षको बचत रु. २४ हजार ८१०, चन्दा रसिदबाट संकलित रु. ४ लाख १० हजार ८७९, भद्रपुर नगरपालिकाबाट प्राप्त रु. १ लाख ५० हजार, कर तथा २० प्रतिशत रकम कटौतीपछि प्राप्त रु. १ लाख ९ हजार ६५८ र गुप्त दान रु. ४० हजार ५४३ सहित विभिन्न शीर्षकबाट आम्दानी भएको हो। चन्दा रसिदको रु. ११ हजार भने उठ्न बाँकी रहेको विवरणमा उल्लेख गरिएको छ।

त्यस्तै खर्चतर्फ पन्डाल, लाइट तथा साउन्डमा रु. ९५ हजार, कालिगरमा रु. १३ हजार, भेस्टमा रु. १७ हजार ७८०, मैदा, पेट्रोल, डिजेल तथा हिट स्प्रेमा रु. ३० हजार, फूलमा रु. ४० हजार, भद्रपुर र विराटनगरको झाँकी व्यवस्थापनमा रु. ६१ हजार, पानी तथा जुसमा रु. २४ हजार २००, धर्मशालामा रु. ५ हजार, लाखे नृत्यमा रु. १५ हजार, छपाइमा रु. ३५ हजार, रासनमा रु. ४८ हजार, तरकारीमा रु. २० हजार, मन्दिर तथा झाँकी सजावटमा रु. २५ हजार, मिडिया तथा प्रचार–प्रसारमा रु. १५ हजार र नास्ता, सफारी, प्लाइ, दूध, पनीर, बस, ग्लास, प्लेट, प्लास्टिक, बरफ, सरसफाइ तथा अन्य व्यवस्थापनमा रु. १ लाख ३ हजार खर्च भएको समितिका सचिव सचिवमा निरशव प्रधानले जानकारी दिए । 

समितिले सार्वजनिक गरेको विवरणअनुसार कुल आय–व्यय पारदर्शी रूपमा सार्वजनिक गर्दै यस बर्ष पनि भदौ १९ र २० गते मनाइने श्रीकृष्ण जन्माष्टमी र रथयात्रामा भक्तजन, दातृ निकाय तथा सहयोगीहरूको साथ र सहयोगको अपेक्षा राखिएको अध्यक्ष मित्रुकाले बताएका छन् ।

सम्बन्धित समाचार