२०८३ श्रावण १७ गते , आईतबार

बाह्रदशी गाउँपालिकाको भवनबाट लडेर मृत्यु भएका कामदारको परिवारलाई २२ लाख क्षतिपूर्ति

sajilo news
रासस
२०८३ असार २४ गते , बुधबार
बाह्रदशी गाउँपालिकाको भवनबाट लडेर मृत्यु भएका कामदारको परिवारलाई २२ लाख क्षतिपूर्ति

झापाको बाह्रदशी गाउँपालिकाको भवनबाट लडेर मृत्यु हुने कामदारको परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । बाह्रदशी गाउँपालिकाको सभा हलमा आज भएको छलफलमा ठेकेदार पक्षले मृतक परिवारलाई क्षतिपूर्तिस्वरुप मृतकका परिवारलाई निर्माण कम्पनी र रङ्ग कम्पनीको तर्फबाट २० लाख र गाउँपालिकाले २ लाख किरिया खर्च गरि कुल २२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ।

हिजो बिहान १० बजे बाह्रदशी गाउँपालिका-५ चकचकीमा निर्माणाधीन गाउँपालिकाको नयाँ भवनमा रङ लगाउने क्रममा मोरङ सुन्दरहरैचा-४ निवासी ४२ वर्षीय टंक थापा भवनको माथिबाट खसेर गम्भीर घाइते भएका थिए । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा उनको दिउँसो मृत्यु भएको थियो ।

सोही विषयमा आज पीडित पक्षबाट मृतककी श्रीमती रमा थापा,छोरा अमित थापा, सुन्दरहरैचा नगरपालिका-४ अध्यक्ष कैलाश बस्नेत, नवीन दाहाल ,नागरिक समाजका अगुवा, रास्वपा वडा नं.४ वडा सभापति लक्ष्मीप्रसाद घिमिरे लगायत २५ जनाको टोली बाह्रदशी गाउँपालिका गएका थिए ।

गाउँपालिकाका अध्यक्ष देविन्द्र चम्लागाई ,उपाध्यक्ष शान्तादेवी शिवाकोटी ,प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया , प्रहरी प्रशासनलगायत करिब ५० जनाको उपस्थितिमा गाउँपालिकाको सभा हलमा पीडित पक्षलाई राहत दिने विषयमा छलफल भएको थियो ।

सम्बन्धित समाचार