२०८३ असार ८ गते , सोमबार
फिदिममा पौडी खेल्न गएका एक बालक बेपत्ता
पाँचथरको फिदिममा पौडी खेल्न गएका एक बालक बेपत्ता भएका छन् । हिजो दिउँसो २ बजेतिर फिदिम–४ स्थित हेवा खोलामा तीन जना बालक पौडी खेल्न भएका थिए । फिदिम –४ बस्ने बिन्दु योङहाङका छोरा ९ वर्षीय आरोप प्रधान, सोही ठाउँ।बस्ने गंगाप्रसाद नेम्वाङका छोरा १० वर्षीय तान्छेहाङ नेम्वाङ र कुमार सार्कीका छोरा ९ वर्षीय पवन सार्की पौडी खेल्न गएकोमा दुईजना घर फर्किएका थिए ।
बिन्दु योङहाङका छोरा आरोप प्रधान खोलाबाट घर फर्की नआएपछि उनकी आमा बिन्दुले गएराति जिल्ला प्रहरी कार्यालय पाँचथरमा जानकारी गराएकी छन् ।
जिप्रका पाँचथरबाट प्रहरी निरीक्षक दिनेश तिम्सिनाको कमान्डमा प्रहरी टोली खटिएर घटनास्थलमा हेर्दा बालकको चप्पल,कालो पिलपिले घडी, टी–सर्ट र ट्र्याक खोलाको किनारमा फेला पारेको छ । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।