२०८२ चैत्र १२ गते , विहीबार

प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

sajilo news
काठमाडौं
२०८२ चैत्र १२ गते , विहीबार
प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ। फागुन २१ गते भएको निर्वाचनमा निर्वाचित भएका सांसदको शपथ ग्रहण आज दिउँसो २ बजे तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। 

उनका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। नवनिर्वाचित सांसदलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवम् कांग्रेस सांसद अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनेछन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरिसकेका छन्। 

संसद सचिवालयका अनुसार नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने पत्र प्राप्त भएको छ। नवनिर्वाचित सदस्यलाई आफूले शपथ लिन चाहेको सम्बन्धित भाषामा शपथको बेहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा अगाडि नै जानकारी गराउनुपर्ने प्रावधान छ।

सम्बन्धित समाचार