अमेरिकामा क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, विश्वविद्यालय तत्काल खाली गर्न आदेश
वासिङटन । अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहान शुरु भएको अर्को डढेलो (लगुना डढेलो)को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्याण्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ। भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार स्थानीय समयानुसार बिहान ८:३५ बजे क्यामरिलो समुदाय र विश्वविद्यालय परिसरको पश्चिममा रहेको पहाडमा आगलागी भएको थियो। भेन्टुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार घटनास्थलमा पुगेका चालक दलका सदस्यले स्थानीय समयानुसार बिहान १०:३० बजेभन्दा केही समयअघि आगोको आकार बढेर ५० एकड पुगेको बताएका छन्।
हेलिकप्टरहरू पानीसहित आगो निभाउन लागिरहेका छन्। भेन्टुरा काउन्टीको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले सामाजिक सञ्जालमा भनेका छन्, ‘अग्निनियन्त्रकहरूले आक्रामक रूपमा आकाश र जिlनबाट आगो निभाउन सङ्घर्ष गरिरहेका छन्।’
उनीहरूले नजिकको क्षेत्रमा कुनै पनि सम्भावित संरचना खतराको आँकलन गर्दै क्षति न्यूनीकरणको प्रयास गरिरहेका छन्। अधिकारीहरूले क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्स र युनिभर्सिटी ग्लेनलाई पनि खाली गर्न आदेश जारी गरेका छन्।
विश्वविद्यालयको परिसरको छेउमा अवस्थित एक आवासीय समुदाय र ‘राउन्ड माउन्टेन/सतविवामा आगलागी भएको छ र क्याम्पस र बस्तीलाई खाली गर्न आदेश दिइएको छ। अधिकारीहरूले आपत्कालीन चेतावनी दिँदै भनेका छन्, ‘कृपया क्याम्पस परिसर र युनिभर्सिटी ग्लेन/एन्कापा क्यान्यन तुरुन्तै खाली गर्न शुरु गर्नुहोस्।’