२०८३ जेष्ठ ११ गते , सोमबार

क्यालिफोर्निया अझै पनि डढेलोको उच्च जोखिममा

sajilo news
एजेन्सी
२०८१ माघ ४ गते , शुक्रबार
क्यालिफोर्निया अझै पनि डढेलोको उच्च जोखिममा

दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ। अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्न जारी राखेका छन्। अमेरिकी राष्ट्रिय मौसम सेवाले लस एन्जलस क्षेत्रमा लागेको भीषण डढेलोले कम्तीमा २५ जनाको मृत्यु भएको बताएको छ। १२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट गरेको छ। स्थानीय अधिकारीहरूले डढेलोसँग सम्बन्धित कम्तीमा २६ जना अझै पनि बेपत्ता छन्।

क्यालिफोर्नियाको वन तथा अग्नि सुरक्षा विभाग (क्याल फायर) काअनुसार बुधबार बिहानसम्म दुई प्रमुख जङ्गली आगो, इटन र प्यालिसेड्स क्रमशः ४५ प्रतिशत र १९ प्रतिशत मात्र नियन्त्रणमा आएका थिए।

गत हप्ता मंगलबार साँझ लागेको घातक इटन आगलागीले अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड (५७.१ वर्ग किलोमिटर) जमिन जलाएको छ। लस एन्जलस क्षेत्रको सबैभन्दा ठूलो सक्रिय जङ्गली आगो, प्यालिसेड्स आगलागीले एक हप्तामा २३ हजार ७१३ एकड (९५.९६ वर्ग किलोमिटर) जलाइसकेको छ।

सम्बन्धित समाचार