२०८३ जेष्ठ ११ गते , सोमबार

हिउँमा चिप्लिएर अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

sajilo news
एजेन्सी
२०८१ पौष २६ गते , शुक्रबार
हिउँमा चिप्लिएर अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

भर्जिनिया  अमेरिकाको उत्तरी भर्जिनियाको एक होटलमा रहेको बरफको पोखरीमा कार डुब्दा २ जना नेपालीको मृत्यु भएको छ। बिहीबार बिहान भर्जिनियाको चान्टिलीमा रहेको एक होटल बाहिर  १० फिट गहिरो पोखरीमा कार डुबेको अवस्थामा फेला परेको र त्यस कारभित्र दुई जना नेपालीको शव भेटिएको सञ्चारमाध्यमहरुमा उल्लेख छ।

प्रहरीले लगभग बिहान ७:३० बजेतिर हिउँमा चिप्लिएर पोखरीमा कार खसेको जानकारी दिएका छन्।  कार आंशिक रूपमा जमेको पानीमा डुब्दा चालक ५५ वर्षीय कर्ण खड्का र कारमा बसेका २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो।  उद्धार टोली उक्त स्थानमा पुग्दा दुबै जनाको मृत्यु भइसकेको थियो।   मृतक खड्काका सहकर्मीहरूका अनुसार खड्का सोही होटलमा काम गर्थे। उनले  निश्चल भट्टले सोही होटलमा जागिरको लागि आवेदन दिने भनेकाले सँगै लिएर आएका थिए। प्रहरीले घटनाको विषयमा थप अनु्सन्धान गरिरहेको छ।

सम्बन्धित समाचार