२०८३ जेष्ठ ११ गते , सोमबार

ब्राजिलमा भवनको चिम्नीमा ठोक्किएर विमान दुर्घटना, १० जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ पौष ८ गते , सोमबार
ब्राजिलमा भवनको चिम्नीमा ठोक्किएर विमान दुर्घटना, १० जनाको मृत्यु

दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। विमान एउटा भवनको चिम्नीमा ठोक्किएको फर्निचर स्टोरमा खसेको रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले जनाएको छ। विमान रियो ग्राण्डे सुलको अर्को पर्यटकीय शहर क्यानेला नगरपालिकाबाट उडेको थियो।

‘नागरिक सुरक्षाले १० जनाको मृत्यु भएको पुष्टि गरेको छ र विमानमा कोही पनि जीवित छैनन्’, राज्य सिभिल पुलिसको आन्तरिक पुलिस विभागका निर्देशक क्लेबर डोस सान्तोस लिमाले भने। ग्रामाडो ब्राजिलको एक चर्चित पर्यटकीय शहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकको उल्लेखनीय आगमन हुन्छ।

सम्बन्धित समाचार