२०८३ जेष्ठ ११ गते , सोमबार

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग

sajilo news
एजेन्सी
२०८१ मंसीर १९ गते , बुधबार
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ। युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए। विपक्षीले बुधबार राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने प्रस्ताव गरेका छन्।

चार दशकभन्दा बढी समयपछि पहिलोपटक नागरिक शासन निलम्बन गर्ने युनको आश्चर्यजनक प्रयासले दक्षिण कोरियालाई गहिरो उथलपुथलमा तानेको हो। कदमले सियोलका निकट सहयोगीहरूलाई चिन्तितसमेत बनाएको छ।सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका परम्परावादी राजनीतिज्ञ तथा पूर्व सरकारी वकिल युनको भविष्य अहिले निकै अनिश्चित बनेको छ।

दक्षिण कोरियाका विपक्षी दलले बुधबार युनलाई महाभियोग लगाउने प्रस्ताव दर्ता गराएका छन्। विपक्षी डेमोक्रेयाटिक पार्टी डीपी का नेता किम योङ मिनले भने, “हामीले तत्काल राष्ट्रपति युनविरूद्ध महाभियोग प्रस्ताव पेश गरेका छौं।”उनीहरूले राष्ट्रपति युनविरूद्धको महाभियोग प्रस्तावमा संसदमा मतदान कहिले राख्ने भन्ने बारे निर्णय गर्न बाँकी छ। उच्च पदस्थ विपक्षी नेताहरूले मतदान शुक्रबारसम्म हुन सक्ने बताएका छन्।

दक्षिण कोरियाको ३०० सदस्यीय संसद्मा विपक्षीदलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुईतिहाइ बहुमत भने पुग्दैन। यसका लागि राष्ट्रपतिको पार्टीबाट केही सांसदको दलबदल आवश्यक छ।युनका लागि काम गर्ने वरिष्ठ सहयोगीहरूले बुधबार सैनिक शासन घोषणाको विरोधमा सामूहिक राजीनामा दिने प्रस्ताव गरेका थिए। घोषणा फिर्ता गर्ने राष्ट्रपतिको निर्णयपछि संसद बाहिर झण्डा फहराइरहेका प्रदर्शनकारीहरू बीच खुशीयाली छाएको थियो। उनीहरूले युनको सैन्य शासन घोषणाको अवज्ञा गर्दै रातभर सतर्कता अपनाउन चिसो तापक्रममा प्रदर्शन गरेका थिए।

सम्बन्धित समाचार