२०८३ जेष्ठ १२ गते , मंगलबार

नक्कली बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २३ गते , विहीबार
नक्कली बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा

झापा । एक करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम् शिवम् कन्सट्रक्सनका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झाविरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो।

कम्पनीले १६ लाख ७७ हजार ३३४ मूल्य अभिवृद्धि कर, आयकरतर्फ २९ लाख ४२ हजार ९८२ र चार लाख ५५ हजार ८७७ गरी कूल ५० लाख ७६ हजार १९३ बराबरको राजश्व चुहावट गरेको पाइएको छ। विभागले बिगोको दोब्बर सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ। रासस

सम्बन्धित समाचार