२०८२ चैत्र १६ गते , सोमबार
अस्पताल आगलागी, तीन कोरोना सङ्क्रमितको जलेर मृत्यु
एजेन्सी । बङ्गलादेशको ढाका मेडिकल कलेज अस्पतालमा आज आगलागी हुँदा ३ जना कोरोना संक्रमित बिरामीको जलेर मृत्यु भएको छ। यसरी मृत्यु भएका हरूमा ४८ वर्षदेखि ७० वर्ष उमेरसम्मका छन्। अस्पतालको तेस्रो तल्ला स्थित आइसियुमा आगलागी भएको थियो। आइसियुमा आगलागी भएपछि उनीहरूलाई सिसियुमा सारेर भेन्टिलेटरमा राखी उपचार गरिदैं थियो। आइसियुमा कूल १३ जना बिरामीहरूको उपचार भइरहेको थियो।
अस्पतालको आइसियु कक्ष जलेर क्षतिग्रस्त भएको छ। त्यहाँ आइसियु कक्ष पुन सुचारु हुन समय लाग्ने जनाइएको छ। बिरामीलाई उपचारका लागि प्रयोग हुने उपकरणबाट आगो लाग्न सुरु भएको थियो। आगलागीको कारण पत्ता लगाउन ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको छ।