२०८२ चैत्र १६ गते , सोमबार

भारतीय वायुसेनाको विमान दुर्घटना, क्याप्टेनको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ४ गते , बुधबार
भारतीय वायुसेनाको विमान दुर्घटना, क्याप्टेनको मृत्यु

एजेन्सी । भारतीय वायुसेनाको मिग–२१ युद्धक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमा भारतीय वायुसेनाको क्याप्टेन ए गुप्ता रहेका छन्।

बुधबार युद्ध अभ्यास तथा प्रशिक्षणका लागि उडेको विमान दुर्घटनामा परेको हो। भारतीय वायु सेनाले ट्विटरमार्फत भनेको छ, ुभारतीय वायुसेनाको एक मिग–२१ विमान आज विहान दुर्घटनाको शिकार भएको छ, यो विमान मध्य भारतको एयर बेसमा युद्ध अभ्यास गरिरहेको थियो।’ दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताइएको छ।

सम्बन्धित समाचार