२०८२ चैत्र १६ गते , सोमबार

विहारको किशनगञ्जमा सिलिन्डर विस्फोट, एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २ गते , सोमबार
विहारको किशनगञ्जमा सिलिन्डर विस्फोट, एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु

झापा । भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु भएको छ ।
झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार बिहान ३ बजे स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सिलिन्डर विस्फोटपछि घरमा आगलागी हुँदा घरधनी ४४ वर्षीय नूर बाबु, उनका छोरीहरू ८ बर्षीया तोहफा, ६ बर्षीया बबली, छोराहरू ४ वर्षीय रहमत र २ वर्षीय शाहिदको जलेर मृत्यु भएको छ ।  घटनामा परी नूर बाबुको श्रीमती ३२ बर्षीया शहजादी बेगम गम्भीर घाइते भएकी छिन् । उनको किशनगञ्जको अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट घरमा पूर्ण रुपमा जलेर नष्ट भएको छ । 
यता दमकलसहितको सुरक्षाकर्मीको टोली तत्काल घटनास्थल पुगेर एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए, भने मृतकहरूको शव बाहिर निकालेका थिए ।  घटना पश्चात् किशनगञ्जका एसडीएम शहनवाज अहमद नियाजी, एसडीपीओ अन्वर जावेद अन्सारी, सिओ  समीर कुमार, सीआई अजय सिंहले घटनास्थल पुगेका थिए । एकै परिवारका बालबालिकासहित पाँचको मृत्यु भएपछि गाउँवासी शोकमा डुबेका छन् ।
 

सम्बन्धित समाचार