२०८२ चैत्र १६ गते , सोमबार

भारतको बिहारमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या

sajilo news
पार्थ मण्डल
२०७७ माघ २६ गते , सोमबार
भारतको बिहारमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या

काठमाडौं । भारतको बिहारमा एक जना १२ वर्षीया नेपाली बालिकाको बलात्कार पछि हत्या भएको छ।  बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको बिबिसी हिन्दीले जनाएको छ। 

बर्दियाको बारबर्दिया नगरपालिका–३ का एक जना नेपालीको परिवार मजदुरीका लागि त्यहाँ गएको र  सात वर्षदेखि उनीहरू मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्थे।  २१ जनवरीमा उनका बुवा मजदुरी गर्न गएका थिए भने दाइ कामको शिलशिलामा बजार गएका थिए। साँझ चार बजेतिर डेरामा फर्किन लागेका दाइलाई घरबेटी सियाराम साहले रोक्न खोजे। उनी नरोकिएर डेरामा पुग्दा बहिनी घाइते भएर लडिरहेको देखे। बहिनीको यस्तो हालत देखेपछि उनले बुवालाई खबर गरे। काम छोडेर उनी तत्काल डेरामा आए। मेरी छोरी भुइँमा लडिरहेकी थिई। उसको घाँटीमा रातो दाग थियो। मैले उसलाई उपचार गर्न स्थानीय डाक्टरहरूकहाँ लगें तर कसैले उपचार गर्न मानेनन्,ु उनका बुवाले घटनाको १२ दिनपछि प्रहरीलाई दिएको निवेदनमा भनिएको छ। 

उपचार नपाएपछि ती बालिकाको मृत्यु भयो।  मृत्युपछि  गाउँका युवाहरू भेला भए। पीडितका बुवाका अनुसार प्रहरी अधिकारीको मिलेमतोमा उनीहरूले छोरीको लास जबरजस्ती जलाउन लगाए। 

स्थानीय देवेन्द्रकुमार साहले  बालिकाको शव तत्काल नजलाए बाबु र छोरालाई पनि मारेर लास नेपाल फालिदिने धम्की दिएको निवेदनमा उल्लेख छ। शव जलाउनुअघि पीडितका बुवालाई उनीहरूले खाली कागजमा साइन गर्न पनि लगाएका थिए। ‘राति १२ बजे छोरीको लासमा नुन र चिनी छर्केर जलाइयो। अर्को दिन बिहान मलाई नेपालतिर पठाइयो,’ उनको निवेदनमा भनिएको छ।

प्रारम्भिक अनुसन्धान र केही दिनअघि लिक भएको एउटा अडिओले उक्त घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखले सघाएको खुलेको छ। पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले बिबिसीसँग भनेका छन्भा–इरल भएको अडिओबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही र कर्तव्यहिनता स्पष्ट हुन्छ। उनलाई निलम्बन गरिएको छ र उनीविरूद्ध एफआरआई दर्ता भएको छ। भाइरल भएको अडिओमा सञ्जीवकुमारले एक जना अभियुक्तलाई ‘केटीको लासको व्यवस्था गरिदेऊ र चिसोका कारण मृत्यु भएको प्रहरीलाई रिपोर्ट लेखाइदेऊ’ भनेका छन्। घटनाको १२ दिनपछि प्रहरीमा परेको उजुरीमा ११ जनालाई अभियुक्त बनाइएको छ।  अहिलेसम्म २ जना अभियुक्तलाई पक्राउ गरिएको छ। एजेन्सी

सम्बन्धित समाचार