२०८३ जेष्ठ ११ गते , सोमबार
रुखबाट लडेर घाइते भएका बुद्धशान्तिका लिम्बुको मृत्यु
झापाको बुद्धशान्तिमा रुखबाट लडेर घाइते भएका एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–१ मझुवा निवासी ५५ वर्षीय मैतबहादुर लिम्बु रहेका छन् ।
प्रहरीका अनुसार जेठ ७ गते दिउँसो करिब १ः३० बजे कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा उनी अचानक लडेर घाइते भएका थिए। उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते भएका लिम्बुको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो।
उनको आज बेलुका ४ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।