एसइईपछि चिकित्सा प्रयोगशाला विज्ञानको यात्रा नेपालमै सम्भव
आजको यस आधुनिक युगमा विज्ञान तथा प्रविधिले निकै फडको मारेको छ । पश्चिम देश विकशित भएको मुख्य कारण विज्ञान तथा प्रविधिमा विशेष रुपमा अनुसन्धान गरी विकासका पाइलाहरु पत्ता लगाई मानव जीवनलाई सरल तथा सुविधायुक्त बनाएकोले हो । आज चिकित्सा क्षेत्र अन्तर्गतको चिकित्सा प्रयोगशाला विज्ञान विश्वमा धेरै ठूलो र छिटो बढिरहेको अर्थ व्यवस्था हो । अस्पताल, डायग्नोष्टिक सेन्टर, रिसर्च र रोग पहिचानका कारण यसको माग निरन्तर बढ्दै गएको छ |
विश्व मेडिकल ल्याब बजार (World Medical Lab Market)
- बजारको आकार: विश्व मेडिकल ल्याब बजारको मुल्य सात अर्ब डलर बराबरको छ र आगामी वर्षहरुमा अझ बढ्ने अनुमान गरिएको छ । यसका मुख्य कारणहरु: मधुमेह, क्यान्सर, मुटुरोग जस्ता रोग बढ्नु, नियमीत स्वास्थ्य परीक्षणको आवश्यकता, नयाँ प्रविधि (Automation Al, Molecular Testing Covid पछि Diagnostic Testing को महत्व बढ्नु |
- मुख्य क्षेत्रहरु: मेडिकल ल्याब बजारमा यी क्षेत्र धेरै महत्वपूर्ण छन् | Clinical Biochemistry, Haematology, Microbiology, Histopathology, Molecular Diagnostic, Immunology, Blood Bank, Genetic Testing
- सबैभन्दा अगाडि रहेका देशहरु: यी देशहरु मेडिकल ल्याब क्षेत्रमा धेरै अगाडि छन् : United State, Germany, Japan, China, India.
- विश्वका केही प्रसिद्ध मेडिकल ल्याब तथा डाइग्नोष्टिक कम्पनीहरु: Roche Diagnostics, Abbott laboratory, Siemens Healthineer
- रोजगारीको अवसर: मेडिकल ल्याब क्षेत्र विश्वभर राम्रो scope छ । काम पाउने ठाउँ, Hospital Lab, Diagnostic Center, Research Laboratory, Blood Bank, Pharmacuetical company, Public health sector.
- विदेशमा विशेष माग भएको क्षेत्र : Canada, Australia, US, Saudi Arabia.
- भविष्य (Future) : भविष्यमा मेडिकल ल्याब क्षेत्र अझै धेरै विकशित हुने सम्भावना छ । Al आधारित Report, Automatic Machines, Genetic Testing, Personalized Medicine, Home Diagnostic kits,
यस कारण Medical Laboratory Technology वा Medical Lab Science वा Laboratory Medicine पढेका विद्यार्थीको Demand विश्वभर बढ्दै गएको छ | नेपालमा मेडिकल ल्याब क्षेत्रको आवश्यकता अहिले धेरै बढिरहेको छ । स्वास्थ्य सेवाको विकास सँगै Lab Testing बिना सही रोग पहिचान गर्न कठिन हुन्छ |
आवश्यकताहरु :
- रोगको पहिचानका लागि अत्यावश्यक
- अस्पताल र डाइग्नोष्टिक सेन्टर बढ्दै जानु
- गाउँ देखि सहरसम्म आवश्यकता
- महामारी र संकमणजन्य रोग
- रोजगारीको अवसर
- भविष्यमा अझ बढी माग
यस कारण नेपालमा SEE पछि विद्यार्थीहरुले अध्ययन गर्न लाई CTEVT अन्तर्गत PCL Medical Lab Technol ogy विषयमा अध्ययन गरी यस क्षेत्रको पहिलो पाइला चाल्नुको साथै त्यस पश्चात् Bachelor in Lab Medicine ४ वर्ष देशका विभिन्न University बाट अध्ययन गर्ने सक्नेछन् | त्यस पश्चात् पनि सोही विषयमा स्नातोकोत्तर तथा Health Science मा विद्यावारिधि (Phd) गरी Medical Lab 5061 बन्ने नेपालमा नै अवसर पर्याप्त छ।
१. SEE पछि सुरु हुने यात्रा
SEE पास गरेपछि विद्यार्थीहरूले CTEVT अन्तर्गतको Certificate in Medical Laboratory Technology (CMLT) or PCL Lab Technology पढ्न सक्छन् | यो सामान्यतया ३ वर्षको कोर्स हुन्छ |
यस कोर्समा विद्यार्थीहरूले:
- Hematology
- Microbiology
- Biochemistry
- Pathology
- Blood Banking
- Laboratory Instrumentation
जस्ता विषयहरू अध्ययन गर्छन् । साथै अस्पतालमा practical training पनि गर्दछन । कोर्स पूरा गरेपछि नेपाल Health Professional Council | NHPC) Lab Technician का रूपमा काम गर्न सकिन्छ |
2. Bachelor तहतर्फको यात्रा
CMLT पछि विद्यार्थीहरूले Bachelor in Medical Laboratory Technology (B.Sc MLT /BMLT) अध्ययन गर्न सक्छन् | नेपालका विभिन्न विश्वविद्यालयहरूले ४ वर्षे B.Sc.MLT कार्यक्रम सञ्चालन गरिरहेका छन् |
यस तहमा :
- Advanced diagnostics
- Molecular biology
- Immunology
- Histopathology
- Research methodology
- Quality control
- Laboratory management
- Chemical Biochemistry
- Medical Microbiology
- Haematology
जस्ता विषयमा गहिरो अध्ययन गराइन्छ । यसपछि विद्यार्थी Medical Laboratory Scientist वा Technologist को रूपमा काम गर्न सक्षम हुन्छन् ।
३. Master तहको यात्रा
Bachelor पछि विद्यार्थीहरूले Master तहमा अध्ययन गर्न सक्छन् | नेपालमा विभिन्न विश्वविद्यालयहरूले Medical Laboratory Science (Clinical Microbiology/Clinical Biochemistry/Haematology/Immunology) सम्बन्धित Master कार्यक्रम सञ्चालन गरिरहेका छन् |
Master तहमा:
- Advanced diagnostics
- Clinical research
- Molecular techniques
- Laboratory management
- Public health research
- Microbiologist
- Clinical Biochemist
जस्ता विषयमा विशेषज्ञता हासिल गारिन्छ ।
यस तहपछि विद्यार्थी:
- Senior Lab Scientist
- Lecturer
- Researcher
- Laboratory Manager बन्न सक्छन् |
४. PHD सम्मको यात्रा
Medical Laboratory Science मा उच्च अनुसन्धान गर्न चाहने विद्यार्थीहरूले PHD in Health Science अध्ययन गर्न सक्छन् | भनेको अनुसन्धान र नयाँ ज्ञानको सिर्जना गर्ने उच्चतम शैक्षिक तह हो ।
PHD माः
- Disease research
- Molecular diagnostics
- Genetics
- Biotechnology
- Public health laboratory research
जस्ता क्षेत्रमा गहिरो अनुसन्धान गरिन्छ।
PHD पूरा गरेपछि व्यक्ति:
- Scientist
- Professor
- Research Director
- International Health Researcher
५. नेपालमै अवसर र सम्भावना
नेपालमा अहिले:
- अस्पतालहरू बढिरहेका छन् ।
- Diagnostic Centers विस्तार भइरहेका छन् ।
- आधुनिक ल्याब उपकरणको प्रयोग बढ्दै गएको छ ।
- Skilled manpower को माग बढ्दो छ।
त्यसैले Lab professionals को आवश्यकता पनि बढिरहेको छ | सरकारी अस्पताल, निजी अस्पताल, research center, blood bank, public health laboratory and international organizations मा समेत अवसर पाइन्छ | केही संस्थाहरूले नेपालमा Lab Technician को माग बढ्दो रहेको उल्लेख गरेका छन् ।
६. सफल बन्न आवश्यक गुणहरू
Medical Lab Scientist बन्न:
- मेहनती
- घेर्यवान
- जिम्मेवार
- वैज्ञानिक सोच भएको
- practical skill राम्रो भएको
हुन आवश्यक छ । ल्याबमा सानो गल्तीले पनि रोगको रिपोर्टमा असर पार्न सक्छ, धेरै महत्वपूर्ण हुन्छ | नेपालमा स्वास्थ्य क्षेत्र दिनप्रतिदिन आधुनिक बन्दै गएको छ । रोग पहिचान, उपचारको निगरानी तथा अनुसन्धानका लागि मेडिकल ल्याबको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । अस्पतालमा गरिने अधिकांश उपचार र निर्णय ल्याब रिपोर्टको आधारमा गरिन्छ | त्यसैले Medical Laboratory Science आजको समयमा सम्मानित र भविष्य भएको पेशा बनेको छ।SEE पास गरेपछि धेरै विद्यार्थीहरू अब के गर्ने ?“ भन्ने अन्योलमा हुन्छन् । यदि विज्ञान, अनुसन्धान, स्वास्थ्य सेवा र प्रयोगशालाप्रति रुचि छ भने Medical Lab Science उत्कृष्ट विकल्प बन्न सक्छ | खुशीको कुरा, नेपालमै पढेर Lab Assistant देखि Medical Lab Scientist सम्म पुग्न सकिन्छ |
निष्कर्ष :
SEE पछि सुरु भएको Medical Lab Science को यात्रा केवल Technician मा सीमित छैन | मेहनत, निरन्तर अध्ययन र स्पष्ट लक्ष्य भए Bachelor, Master हुँदै सम्म पुग्न सकिन्छ | नेपालमै अध्ययन गरेर पनि विश्वस्तरीय Scientist बन्ने अवसर आज उपलब्ध छ | Medical Laboratory Science केवल पेशा मात्र होइन, यो विज्ञान, अनुसन्धान र मानव सेवाको महत्वपूर्ण संयोजन हो । सही मार्गदर्शन र समर्पण भए SEE पछि सुरु भएको सपना भविष्यमा सफल Scientist र Researcher सम्म अवश्य पुग्न सक्छ ।
लेखक :
डा.संजय शाह PHD
चिकित्सा प्रयोगशाला
विज्ञान विशेषज्ञ