२०८३ असार ४ गते , विहीबार

बिर्तामोडमा बसले अटोलाई ठक्कर दिँदा सात जना घाइते

sajilo news
झापा
२०८३ बैशाख १२ गते , शनिबार
बिर्तामोडमा बसले अटोलाई ठक्कर दिँदा सात जना घाइते

झापाको बिर्तामोडमा बसले अटोलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्। आज अपराह्न करिब ३ ४५ बजे बिर्तामोड नगरपालिका–३ भाटभटेनी नजिक पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। विराटनगरबाट बनियानीतर्फ आउँदै गरेको मे १ ख २६२६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ गइरहेको प्र १ ०१ ००२ ह ५१९८ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटो चालक कचनकवल गाउँपालिका–बनियानी निवासी ३८ वर्षीय अस्मुदिन अन्सारी गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै अटोमा सवार बिर्तामोड–५ निवासी अन्दाजी २२ वर्षीया कल्पना चापागाईँ (टाउको र बायाँ हातमा चोट)

बिर्तामोड–२ निवासी ३७ वर्षीया भावना अधिकारी (टाउकोमा चोट) सोही स्थानकी ४ वर्षीया साबिया अधिकारी (टाउकोमा चोट), बिर्तामोड–२ निवासी ५० वर्षीया लक्ष्मी नेपाल (टाउको र दाहिने हातमा चोट) बिर्तामोड निवासी १२ वर्षीया सुगम नेपाल (टाउकोमा चोट) र बिर्तामोड–१ निवासी ५३ वर्षीय गणेश श्रेष्ठ (टाउको र बायाँ हातमा चोट)  घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बस, अटो र बस चालक शिवसताक्षी नगरपालिका–११ निवासी ३६ वर्षीया सुमन उप्रेतीलाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार