२०८३ जेष्ठ १० गते , आईतबार

पश्चिम बंगाल निर्वाचन : आज १६ जिल्लामा १५२ सिटका लागि मतदान

sajilo news
झापा
२०८३ बैशाख १० गते , विहीबार
पश्चिम बंगाल निर्वाचन : आज १६ जिल्लामा १५२ सिटका लागि मतदान

भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान जारी छ । पश्चिम बंगालको नेपालीभाषीको बाहुल्यता रहेको दार्जिलिङसहित १६ जिल्लामा १५२ सिटका लागि मतदान भइरहेको छ।

कुल १ हजार ४७८ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। १५२ निर्वाचन क्षेत्रमा ४४ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएको छ। तीमध्ये ७ हजार ३८४ मतदान केन्द्रलाई अत्यधिक संवेदनशील मानिएको छ। यस चरणमा करिब ३ करोड ६० लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

मुख्य प्रतिस्पर्धा सत्तारुढ तृणमूल काँग्रेस र भारतीय जनता पार्टी (भाजपा) बीच रहेको छ। मतदान ४४ हजार ३७६ बुथमा भइरहेको छ, जसमा करिब ३ हजार सहायक बुथ पनि समावेश छन्।

५ हजार ४४४ बुथको व्यवस्थापन महिलाहरूले गर्नेछन् भने २०७ वटा नमुना (मोडेल) बुथ पनि तयार पारिएका छन्। पश्चिम बंगाल विधानसभा चुनावको दोस्रो चरणको मतदान आउँदो बुधबार हुनेछ।

सम्बन्धित समाचार