२०८३ असार ४ गते , विहीबार

पोखरीमा डुबेर बालिकाको मृत्यु

sajilo news
मोरङ
२०८३ बैशाख ८ गते , मंगलबार
पोखरीमा डुबेर बालिकाको मृत्यु

मोरङमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । आज दिउँसो १.१० बजे मोरङ जहदा –५ बस्ने बसन्तलाल महतोकी छोरी ८ वर्षीया आँचल महतोको वडा नं .–६ बस्ने लगनलाल मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो । ती बालिकालाई खेल्ने क्रममा पोखरीको पानीमा डुबेर अचेत अवस्थामा आफन्तले फेला पारेका थिए ।

उपचारको लागि कोशी अस्पताल विराटनगरमा ल्याई डाक्टरले चेकजाँच गर्दा बालिकाको मृत्यु भइसकेको थियो । अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय रंगेलीबाट टोली पुगेको छ ।

सम्बन्धित समाचार