२०८२ चैत्र १६ गते , सोमबार

सशस्त्रको बाहिनीपति कप: नं. १ गण हेडक्वार्टर इलाम प्रथम

sajilo news
झापा
२०८२ चैत्र १३ गते , शुक्रबार
सशस्त्रको बाहिनीपति कप: नं. १ गण हेडक्वार्टर इलाम प्रथम

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीद्वारा आयोजित ‘बाहिनीपति कप २०८२’ सम्पन्न भएको छ।बाहिनी मुख्यालयका अनुसार सङ्गठनको पेशागत गतिविधि चक्र पीएसी अन्तर्गत चैत ८ गतेदेखि चैत १२ गतेसम्म सञ्चालन गरिएको उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो। प्रतियोगितामा बाहिनी मातहत रहेका गण तथा गुल्महरूबाट आठ वटा टिमको सहभागिता रहेको थियो । 

प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, बास्केटबल, दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प लगायत विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो। विभिन्न दूरीका दौड (१००, २००, ४००, ८००, १५०० मिटर) सहित महिला तथा पुरुष खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न गण तथा गुल्मका टोलीहरूले स्वर्ण, रजत र कांस्य पदक हात पारेका छन्। सशस्त्र प्रहरी नं. १ गण हेडक्वार्टर इलाम १३ स्वर्ण, १० कांस्य र ६ रजत गरी २९ पदकसहित प्रथम, नम्बर ३७ रिजर्भ गण सुनसरी ९ स्वर्ण, ६ कांस्य र ४ रजत गरी १९ पदकसहित द्धितिय र नम्बर ४ गण सुनसरी ४ स्वर्णसहित तृतीय भएका छन् ।  विजेता टोली तथा खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको बाहिनीले जनाइएको छ।

खेलकुदमार्फत सङ्गठनभित्र व्यावसायिक क्षमता अभिवृद्धि, आपसी समन्वय तथा शारीरिक दक्षता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बाहिनीपति तथा डीआइजी मनिष थापाले बताए । कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोह बाहिनीपति सशस्त्र डीआइजी थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिए । 

सम्बन्धित समाचार