जापानले जित्यो महिला एसियन कपको उपाधि
एफसी महिला एसियन कपको उपाधि जापानले जितेको छ। सिड्नीको स्टेडियम अष्ट्रेलियामा शनिबार सम्पन्न फाइनलमा जापानले आयोजक अष्ट्रेलियालाई १–० ले पराजित गर्दै तेस्रो पटक एसियन च्याम्पियनको उपाधि जितेको छ।
खेलको १७औं मिनेटमा २१ वर्षीया जापानी स्ट्राइकर माइका हामानोले पेनाल्टी एरिया बाहिरबाट गरेको स्ट्राइक नै खेलको निर्णायक गोल बन्यो। जापानले अष्ट्रेलियालाई फाइनलमा १–० ले हराएको यो तेस्रो पटक हो। यसअघि सन् २०१४ र २०१८ को फाइनलमा पनि जापानले अष्ट्रेलियालाई १–० कै अन्तरले पराजित गरेको थियो। जापानले यस प्रतियोगिताकामा कुल २९ गोल गर्यो । प्रतियोगितामा ६ गोल गरेकी रिको उएकीले गोल्डेन बुट हात पारिन्।
उत्कृष्ट गोलकिपरमा जापानकै आयाका यामाशिता घोषित भईन्। यस प्रतियोगिताको नतिजासँगै जापान, अष्ट्रेलिया, चीन, दक्षिण कोरिया, फिलिपिन्स र उत्तर कोरियाले २०२७ फिफा महिला विश्वकपका लागि स्थान सुरक्षित गरेका छन्।यस्तै, आठवटै क्वार्टर–फाइनलिस्ट टोलीहरूले २०२८ को ओलम्पिक छनोटमा पनि स्थान बनाएका छन्।