२०८२ चैत्र १६ गते , सोमबार
खाना पकाउने ग्यास आधा सिलिण्डर मात्र पाइने, मूल्य ९५५ रुपैयाँ
नेपाल आयल निगमले बजारमा आधा सिलिण्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ। शुक्रबारदेखि उपभोक्ताले ७.१ केजि एलपि ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा पाउने निगमले जनाएको छ।
आधा सिलिन्डर ग्यासको मूल्य पनि आधा नै तोकिएको छ। अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन यस्तो कदम चालेको निगमले बताएको छ।
यसका साथै आधा सिलिण्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने प्रवृत्ति पनि घट्ने निगमको दाबी छ। यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने निगमको दाबी छ।
