२०८२ चैत्र १६ गते , सोमबार

श्रीलंका ‘सुपर एट’ मा, अष्ट्रेलिया समूह चरणबाटै बाहिरिने खतरा

sajilo news
झापा
२०८२ फाल्गुन ५ गते , मंगलबार
श्रीलंका ‘सुपर एट’ मा, अष्ट्रेलिया समूह चरणबाटै बाहिरिने खतरा

श्रीलंकाले टी–२० विश्वकपमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ।  अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछाएको श्रीलंकाले १८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। श्रीलंकाको जितमा पाथुम निसान्काले अविजित १०० रन बनाएका थिए भने कुसल मेन्डिसले ५१ रन बनाए।

सोमबार राति पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले २० ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो। यो जितपछि श्रीलंकाको ३ खेलमा तिनै जितसहित ६ अंक भएको छ र सुपर आठमा पुगेको छ। 

त्यस्तै लगातार दोस्रो हारपछि अस्ट्रेलिया समुह चरणबाटै बाहिरिने सम्भावना बढेको छ। मंगलबार जिम्बाबेले आयरल्याण्डलाई पराजित गरेमा अस्ट्रेलिया समूह चरणबाटै बाहिरिने छ।  अस्ट्रेलियाले समूह चरणको अन्तिम खेल ओमानसँग आगामी शुक्रबार खेल्ने तालिका छन् ।

सम्बन्धित समाचार