२०८३ जेष्ठ १२ गते , मंगलबार

बंगलादेशमा डेंगीबाट एकै दिन सात जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० असार २८ गते , विहीबार
बंगलादेशमा डेंगीबाट एकै दिन सात जनाको मृत्यु

बंगलादेशमा महामारीको रुपमा फैलिएको डेंगीबाट एकै दिन सात जनाको मृत्यु भएको छ । एकैदिन १ हजार ५४ जनामा डेंगीको संक्रमण भएकोमा सात जनाको मृत्यु भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । बंंगलादेशमा हाल डेंगी संक्रमितको संख्या १४ हजार आठ सय बढी रहेको छ भने विगत ६ महिनायता ८३ जनाले ज्यान गुमाइसकेका छन् ।

हरेक दिन डेंगीका बिरामीको संख्या बढ्दै गएकाले अस्पतालका शैयाहरु भरिन थालेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा बंगलादेश सरकारले अपील गरेको छ ।

सम्बन्धित समाचार