२०८३ जेष्ठ १० गते , आईतबार

प्रभास र दीपिकाको फिल्म ‘प्रोजेक्ट के’ ले रिलिजअघि नै कमायो १७० करोड

sajilo news
एजेन्सी
२०७९ पौष १९ गते , मंगलबार
प्रभास र दीपिकाको फिल्म ‘प्रोजेक्ट के’ ले रिलिजअघि नै कमायो १७० करोड

साउथका अभिनेता प्रभासको आगामी फिल्म ‘प्रोजेक्ट के’ ले रिलिज मिति तय गर्नु अघि नै १७० करोड कमाइसकेको छ। इन्डिया टुडेको रिपोर्ट अनुसार प्रभासको ‘प्रोजेक्ट के’ को निजाम राइट्स ७० करोडमा बेचिएको छ। त्यो राइट सुनिल नारङले किनेका हुन्। सुनिल नारङ उद्योगमा एसियाली सुनिलको नामबाट निकै चर्चित छन्।

रिपोर्टका अनुसार फिल्मको आन्ध्र प्रदेशको राइट्स करिब १०० करोडमा बिक्री भएको छ। अर्थात् टलिउडमा नै फिल्मले कुल १७० करोड कमाएको छ। फिल्मले करिब ५० प्रतिशत आम्दानी आफ्नो राइटबाट मात्रै कमाउने छन्। यस चलचित्रको बाँकी वितरण राइटको पनि उच्च माग रहेको छ। रिलिजपछि पनि बक्स अफिस कलेक्शन हुन बाँकी छ।

प्रभास र उनको टोलीले फिल्मको करिब ८० प्रतिशत सुटिङ पूरा गरिसकेका छन्। २० प्रतिशत मात्र बाँकी छ। यो पनि अबको केही महिनामा सम्पन्न हुनेछ । फिल्ममा हेभी सीजीआई (कम्प्युटर जेनेरेटेड इमेजरी) देखिनेछ। त्यसैले पोस्ट-प्रोडक्सनले धेरै समय लिनेछ।

यो फिल्म २०२४ मा रिलिज हुन लागेको पनि भनिएको छ, यो पनि ठूलो कुरा होइन । फिल्मबाट निर्माण पक्षले ठूलो आशा राखेको छ। यो फिल्म ५ सय करोडको बजेटमा बन्न लागेको हो। यो चलचित्रको निर्देशन नाग अश्विनले गर्दैछन्।

प्रभासको यो फिल्म एक Sci-fi फिल्म हुने खबर छ। भारतीय फिल्म उद्योगका ठूला स्टारहरू यस फिल्मको हिस्सा हुनेछन् । यसमा दीपिका पादुकोण, अमिताभ बच्चन, पवन कल्याणलगायत धेरैको नाम समावेश छ।

 

सम्बन्धित समाचार