२०८३ जेष्ठ १० गते , आईतबार

अश्लील फिल्म बनाएको आरोपमा शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ५ गते , मंगलबार
अश्लील फिल्म बनाएको आरोपमा शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

काठमाडौं । भारतीय अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन्। अश्लील फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो। कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्राञ्‍चले सोमबार मध्यरातमा पक्राउ गरेको हो। मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन्। सोमबार रातिदेखि नै क्राइम ब्राञ्‍चले उनको बयान लिएको थियो। बयानपछि उनलाई पक्राउ गरिएको हो। कुन्द्राले अश्लील फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ। उनले ती अश्लील फिल्महरू बिक्री-वितरण समेत गरिरहेको पाइएको छ। राज कुन्द्राको घरमै समेत पुगेर प्रहरीले सोधीखोजी गरिरहेको छ।

सम्बन्धित समाचार