२०८२ चैत्र १६ गते , सोमबार

भारतको कोलकातामा भीषण आगलागी, कम्तिमा ९ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २५ गते , मंगलबार
भारतको कोलकातामा भीषण आगलागी, कम्तिमा ९ जनाको मृत्यु

झापा । भारतको कोलकाताको एक भवनमा आगलागी हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ।  कोलकाताको स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा हिजो बेलुकी भीषण आगलागी हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको हो। आगलागीमा परेर मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्। 

आगलागीमा परेर केही व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ ।  आगो नियन्त्रणमा लिन १५ वटा दमकलहरूको प्रयोग भएको छ। उक्त भवनमा रेलवेको कार्यालय रहेको बताइएको छ। भवनमा आगलागी भएपछि पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी घटनास्थलमा पुगेका छन्। फायर ब्रिगेडका एक अधिकारीका अनुसार आगो साँझ ६ बजेर १० मिनेटमा लाग्न सुरु भएको थियो।

सम्बन्धित समाचार